3-Year-Old Child in Rolpa Needs Life-Saving Surgery उपचार सहयोग आवश्यक

Campaign Image 1

Sunilsmriti Rural Municipality, Rolpa-4 Koirala Kharka

9847817202

Story

(Sunilsmriti Rural Municipality of Rolpa-4 Koirala Kharka) रोल्पाको सुनिलस्मृति गाउपालिका-४ कोइराला खर्कका जन्मैदेखि मलद्वार र पिसाबको नली अवरूद्ध हुने समस्या भएको हाल ३ वर्ष उमेर पुगिसकेका (शेरबहादुर सुनार बोलाउने शेरचन सुनारका छोरा) #सिस्टम सुनारको जन्मेको १ हप्ता पछि दिसापिसाबको नली जाम भएर बिरामी रहेकोमा अप्रेसन गरेर पेटबाट दिसापिसाब निकाल्नका लागि त्यतिबेला नै रू ४ लाख भन्दा बढी खर्च भइसकेको थियो। त्यसपछि महिना महिनामा रू ३० देखि ३५ हजार खर्च लागिरहने हुदैगयो। डेढ वर्षअघि काठमाडौ कान्तिबाल हस्पिटल लगेर परीक्षण गराउदा मुटु, कलेजो, नाक, कान, घॉटी रगत लगायत अन्य भागसहितमा अन्य खर्च सहित रू ७५ हजार भयो। बालकको सबै रिपोर्ट नर्मल देखिएको छ, केवल शारीरिक दिसापिसाब प्रणालीमा मात्र अवरोध छ। जो सजिलै हटाएर नर्मल पर्न सकिन्छ। यसका लागि रू ३/४ लाख सम्म खर्च देखिन्छ। हालसम्म उपचार गराउदा पनि पिता शेरचन सुनार भाइले भएभरको सम्पत्तिबाट जम्मा गरेको पैसा खर्च गर्दा नै अब कुनै आर्थिक श्रोत बॉकी नरहेकोले बालकलाई रोल्पा नै फिर्ता लगेका थिए। जताततै हारगुहार गर्दागर्दा थकित भएर विगत डेढ वर्षदेखि हार खाई बिरामीको अभिभावक चुप बस्दैथिए। अब बाबुको उपचारको जिम्मा मनकारी दाताहरूको सहयोगमा मैले लिएको छु। हाल महाराजगंज टिचिंग अस्पताल भर्ना भएर उपचारको क्रममा गत आईतबार जटिल गम्भिर ठूलो शल्यक्रिया सम्पन्न गरी आईसीयूमा राखिएको छ। अर्को एउटा ठूलो दोश्रो शल्यक्रियाका लागि अहिले पुनः टिचिंग अस्पताल महाराजगंजमा भर्ना गरिएको छ। अहिले धेरै सुधार भएको छ। गत २ वर्षमा करिब ममार्फत तपाईँ देश बिदेशका दाताहरूबाट उठेको सहयोग रकम रू २,५०,०००/- पटक पटक काठमाण्डौँ आउन जान र परीक्षणहरू र हाल महंगो औषधी किनेवापत नै खर्च भइसकेको छ। यसपटकको दोश्रो शल्यक्रियासहितको उपचारमा अब अझै १ लाख सम्म खर्च लाग्ने अनुमान छ। यसपछि अर्को तेश्रो एउटा शल्यक्रिया केही महिनापछि गर्नुपर्नेछ। त्यसपछि उपचारको क्रम सम्पन्न हुनेछ। सिस्टम बाबुलाई भौतिक वा आर्थिक सहयोग गर्न चाहनुहुनेले मसंग कमेन्ट वा मेसेन्जरमा वा सीधै बिरामीको पिताको खाता वा मोनंमा सम्पर्क गर्नुहोला। बच्चाको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु। पिता शेरचन सुनारको मो नं 9847817202

Facilitator/Organizer

[email protected]

Organizer/Creator

Open

Verified Campaign

This campaign and donations are verified by our team. All money goes directly to the recipient.