मेरो दुई बर्षकी छोरीको bone marrow transplant का लागि सहयोग

Campaign Image 1

Kathmandu

9803648526

Story

नमस्कार, मेरो सानी छोरी (उमेर -२ वर्ष) जसले अझै जीवनको अर्थ बुझ्न पनि पाएकी छैन—Diamond Blackfan Anemia (DBA) नामक दुर्लभ र ज्यानघातक रक्तरोगबाट पीडित छिन्। नेपालमा आवश्यक उपचारको सुविधा सीमित भएकाले, उहाँको जीवन बचाउन हामीलाई भारत जानु अनिवार्य भएको छ, जहाँ दीर्घकालीन उपचार तथा बोन म्यारो ट्रान्सप्लान्ट (Bone marrow transplant) मात्र उहाँको अन्तिम आशा बनेको छ। उहाँको सानो शरीर दिनदिनै कमजोर हुँदै गइरहेको छ। नियमित रूपमा रगत चढाउनुपर्छ, अस्पताल, सुई र औषधि नै उहाँको बाल्यकाल बनेको छ। जब अरू बच्चाहरू हाँस्दै खेलिरहेका हुन्छन्, मेरी छोरी अस्पतालको बेडमा पीडा सहेर जीवनको लागि संघर्ष गरिरहेकी हुन्छिन्। भारतमा हुने उपचार, अस्पताल भर्ना, जाँच, औषधि, बसोबास र यात्राको खर्च अत्यन्तै महँगो छ—जुन हाम्रो परिवारको आर्थिक क्षमताभन्दा धेरै बाहिर छ। एक बाबुको रूपमा म हार मान्न सक्दिनँ, तर यो लडाइँ म एक्लै लड्न सक्ने अवस्थामा पनि छैन। यस कारण, यहाँ उपस्थित सबै दयालु मनहरूलाई सानो वा ठूलो जुनसुकै सहयोग गरेर मेरी छोरीको जीवन बचाउन मद्दत गरिदिन हार्दिक अनुरोध गर्दछु। तपाईंको सानो सहयोगले पनि हाम्रो लागि ठूलो आशा र जीवन बन्न सक्छ। Here is my account details... Name: MAMATA TAMANG Account No: 11056638530012 Bank: Himalayan Bank Limited यदि तपाईं सहयोग गर्न सक्नुहुन्न भने, यो अपिल अरूसँग शेयर गरिदिनु पनि ठूलो सहयोग हुनेछ। हजुरहरूको माया, सहयोग र प्रार्थनाका लागि हृदयदेखि धन्यवाद

Facilitator/Organizer

[email protected]

Organizer/Creator

Goal: Rs. 1000000 NPR NPR
Open

Verified Campaign

This campaign and donations are verified by our team. All money goes directly to the recipient.