Urgent Brain Surgery Needed for Brave 3-Year-Old.

Campaign Image 1

Kathmandu, Nepal

+91 7428052432 / +977 9849079322

Story

🙏 कृपया हाम्रो ३ वर्षकी छोरीलाई बचाउन सहयोग गर्नुहोस्। हाम्रो सानी छोरी साइना बैजू लाई २ वर्षको उमेरमा दुर्लभ र गम्भीर Moyamoya Disease भएको पुष्टि भयो। सुरुमा उनको देब्रे हात र खुट्टामा कमजोरी देखिएको थियो। Moyamoya Disease भनेको दिमागमा रगत पुर्‍याउने मुख्य नसाहरू साँघुरो हुँदै जाने दुर्लभ रोग हो। यसले गर्दा दिमागमा पर्याप्त रगत पुग्दैन र साना–साना नयाँ नसाहरू बन्न थाल्छन्। ११ महिना पछि अचानक उनले बोल्न र निल्न छोडिन्। 👉 DSA जाँच गर्दा रोग तेस्रो चरणमा पुगेको देखियो। 👉 उनलाई ICU मा भेन्टिलेटरमा राख्नुपर्‍यो र पटक–पटक seizure आयो। 👉 अहिले भेन्टिलेटरबाट बाहिर आएकी छिन् तर अझै बस्न, उभिन, बोल्न वा आफैं खान सक्दिनन्। नेपालमा लामो समय उपचार गराउँदा पनि सुधार नआएपछि हामी भारतको AIIMS, Delhi गयौं। त्यहाँ डाक्टरहरूले ढिलो भइसकेको भन्दै हामीलाई फर्काइदिनुभयो। त्यसपछि हामी अन्तिम आशा लिएर Max Healthcare, Delhi गयौं। सुरुमा त्यहाँका डाक्टरहरूले पनि दिमाग धेरै damage भइसकेको भन्नुभयो। तर नेपालमा गरिएको MRI रिपोर्ट पुरानो भएकोले नयाँ MRI गर्न सुझाव दिनुभयो। हामीले नयाँ MRI गर्यौं। रिपोर्ट हेरेपछि डाक्टरले भन्नुभयो— ➡️ बच्चाले अझै धेरै संघर्ष गरिरहेको देखिन्छ। ➡️ थोरै भए पनि आशा छ, यदि छिट्टै brain surgery गरियो भने recovery हुन सक्छ। डाक्टरका अनुसार यो अपरेशन बच्चामा सम्भव हुन्छ, तर adult मा recovery chance कम हुने भएकाले सामान्यतया गरिँदैन। हाम्रो छोरी सानो भएकोले recover हुने सम्भावना अझै बाँकी छ। 🙏 अहिले हामी भारतमा उपचार गराइरहेका छौं र डाक्टरहरूले brain surgery सकेसम्म छिटो गर्नुपर्ने बताएका छन्। तर उपचारका लागि करिब 💰 भारतीय रुपैयाँ १५ लाख भन्दा बढी (नेपाली करिब २४–२५ लाख रुपैयाँ) खर्च लाग्ने अनुमान गरिएको छ। अहिलेसम्मको उपचारमा हाम्रो सबै आर्थिक स्रोत समाप्त भइसकेको छ। 🙏 त्यसैले देश तथा विदेशमा रहनु भएका सम्पूर्ण दाजुभाइ, दिदीबहिनी तथा सहयोगी मनहरूमा हार्दिक अनुरोध 🙏 🙏 🙏 सक्दो आर्थिक सहयोग गरेर हाम्रो छोरीको जीवन बचाउन मद्दत गरिदिनुहोस्। ❤️ हजुरहरूको सानो सहयोगले पनि हाम्रो छोरीको जीवन बच्न सक्छ। 📞 सम्पर्क: 9810383607 / 9849079322 India No.: +91 74280 52432 / +91 82876 93102 🏦 Bank Details: Account Name: Sandeep Baiju Bank: Nabil Bank Limited, New Baneshwor Account No: 03110017537247 SWIFT/BIC: NARBNPKA 🙏 कृपया यो पोस्ट SHARE गरेर पनि सहयोग गरिदिनुहोस्।

Facilitator/Organizer

[email protected]

Organizer/Creator

Goal: 9,00,000 NPR
Open

Verified Campaign

This campaign and donations are verified by our team. All money goes directly to the recipient.